arrow

संक्रमणबाट रुपन्देहीमा दश जनाको मृत्यु

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ २ आइतबार
Corona-death-covid-nepal.jpg

रुपन्देही । पछिल्लो समय रुपन्देहीमा कोरोना भाइरसका कारण १० जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनीहरूको मृत्यु भएको हो । अस्पताल स्रोतले दिएको सूचना अनुसार एक जनाको अस्पताल ल्याउने क्रममा बाटो नै मृत्यु भएको जनाएको छ ।

उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएका रुपन्देहीको बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपासिलका, सैनामैना नगरपालिका, गुल्मीको धुर्काेट, सत्यवती, ईस्मा गाउँपालिका, पश्चिम नवलपरासीको भुमही र एउटा नखुलेको गरी १० जनाको मृत्यु भएको अस्पताल द्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार मृत्यु हुनेमा इस्मा–४ गुल्मीका ४५ वर्षका पुरुष, तिलोत्तमा–५ रुपन्देहीका ६० वर्षका पुरुष, तिलोत्तमा ४ रुपन्देहीका ३६ वर्षका पुरुष, ठेगाना र उमेर नखुलेका १ जना पुरुष रहेका छन् । यस्तै सैनामैना–१ रुपन्देहीका ६४ वर्षका पुरुष, सैनामैना–८ रुपन्देहीका ५४ वर्षका पुरुष, धुर्कोट–२ गुल्मीका ३३ वर्षका पुरुष र बुटवल–११ की ६० वर्षिया महिलाको मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ