arrow

भारतमा एकैदिन कोरोना संक्रमित हुनेभन्दा निको हुने एक लाखले बढी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
corona-india-temple.JPG
तस्वीर–कोरोना महामारीबीच उत्तराखण्डको केदारनाथ मन्दिर सोमबार बिहान ५ बजेदेखि खुलेको छ ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित तीव्र गतिमा घटेका छन् । आइतबार एकैदिन २ लाख ८१ हजार ६८३ जना संक्रमित थपिएका छन् । लामो समयपछि दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका छन् । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ४९ लाख ६४ हजार ९२५ पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३५ लाख १२ हजार ६६० जना रहेका छन् । गत हप्ताको आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

आइतबार ३ लाख ७८ हजार ३८८ जनालाई निको भएको छ । शनिबार ३ लाख ६२ हजार ३६७ जनालाई निको भएको थियो । दोस्रो लहर आएपछि निरन्तर निको हुनेभन्दा संक्रमित थपिँदै गएकामा गत हप्तादेखि भने निको हुने बढ्दै गएका छन् । 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या २ करोड ११ लाख ६७ हजार ६०९ पुगेको छ । 

त्यसैगरी आइतबार ४ हजार ९२ जनाको ज्यान गएको छ । निको हुने बढ्दै गए पनि दोस्रो लहरमा मृतक भने घट्न सकेका छैनन् । 

अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ७४ हजार ४११ रहेको छ । 

भारतमा अहिलेसम्म १८ करोड २२ लाख २० हजार १६४ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ