arrow

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस: दूरसञ्चार सेवा भरपर्दो, विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
Minister-parbat-Gurung.jpg
तस्बिर : सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ

काठमाडौँ । आज (सोमबार) विश्व दूरसञ्चार तथा सूचना समाज दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपाल दूरसञ्चार प्राधिकरणले पनि भर्चुअल कार्यक्रम गरी विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइरहेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेको सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई भरपर्दाे, विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक रहेको बताएका छन्।

भर्चुअल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कोभिड१९ को महामारीले प्रविधि एवं दुरसञ्चारको महत्त्वलाई झनै बढवा दिएको बताउँदै यो क्षेत्रलाई थप विकास गर्न आवश्यक रहेको बताएका छन्।

दूरसञ्चार सेवा भनेको समाज सेवा भएका कारण यो सेवालाई निरन्तरता दिनका लागि सबैले आफ्नो क्षेत्रबाट शुद्ध मनले एकीकृत भएर लाग्नु पर्ने उनको भनाइ छ।

यसबाहेक यस्ता कार्यक्रमले नेपालले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिलाई विश्व दूरसञ्चार क्षेत्रमा पुर्‍याउन र चुनौती एवं समस्यालाई समाधान गर्न नयाँ नीति एवं एजेण्डा बनाउन सहयोग गर्ने उनले बताए। अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ एवं विश्व दूरसञ्चार क्षेत्रले मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ