फोनपोइन्ट्सका क्याम्पेन विजेतालाई ५५-इन्च स्मार्ट टिभी र वासिङ मेसिन हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
207
Shares
काठमाडौँ। फोनपोइन्ट्सले हालै सम्पन्न आफ्ना दुई क्याम्पेन ‘२.२ एनिभर्सरी क्याम्पेन’ र ‘रिडिम २ गोल डेन डिल्स एण्ड विन अ ५५-इन्च स्मार्ट टिभी’ का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।
आफ्ना प्रयोगकर्तालाई थप मूल्य प्रदान गर्ने प्रतिबद्धताअनुसार कम्पनीले यी क्याम्पेन सञ्चालन गरेको हो। ‘२.२ एनिभर्सरी क्याम्पेन’ अन्तर्गत झापाका कृष्ण रोका ले केवल २ फोनपोइन्ट्स रिडिम गरी ब्रान्ड न्यू वासिङ मेसिन प्राप्त गरेका छन्। उक्त क्याम्पेनमार्फत प्रयोगकर्ताहरूलाई विभिन्न आकर्षक अफर रिडिम गर्ने अवसर प्रदान गरिएको थियो।
त्यसै गरी, ‘रिडिम २ गोल डेन डिल्स एण्ड विन अ ५५-इन्च स्मार्ट टिभी’ क्याम्पेनका भाग्यशाली विजेता राहुल मारवाडीलाई ५५-इन्च स्मार्ट टिभी हस्तान्तरण गरिएको छ। फुटबलको माहौललाई लक्षित गरी सञ्चालन गरिएको उक्त क्याम्पेन अन्तर्गत फोनपोइन्ट्स एप मार्फत कुनै पनि दुई गोल डेन डिल्स रिडिम गर्ने प्रत्येक प्रयोगकर्ता स्वतः लक्की ड्र मा सहभागी भएका थिए।
दुवै क्याम्पेनले देशभरका प्रयोगकर्ताबाट उत्साहजनक सहभागिता प्राप्त गरेको कम्पनीले जनाएको छ। हजारौँ प्रयोगकर्ताले फोनपोइन्ट्स एप मार्फत विभिन्न अफर रिडिम गर्दै क्याम्पेनमा सहभागिता जनाएका थिए।
पुरस्कार हस्तान्तरणका अवसरमा कम्पनीले आफ्ना प्रयोगकर्ताका लागि दैनिक बचतभन्दा पर गएर थप मूल्य सिर्जना गर्ने उद्देश्यका साथ नवप्रवर्तनमूलक तथा प्रयोगकर्तामुखी क्याम्पेनहरू सञ्चालन गर्न प्रतिबद्ध रहेको जनाएको छ। नियमित प्रोमोशनल क्याम्पेन, विशेष ब्रान्ड कोलाबोरेशन तथा आकर्षक गिभअवे मार्फत प्रत्येक रिडिम्पसनलाई थप मूल्यवान् बनाउँदै प्रयोगकर्ताको समग्र अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्य कम्पनीको रहेको उल्लेख गरिएको छ।
हाल फोनपोइन्ट्स मार्फत डाइनिङ, शपिङ, इन्टरटेनमेन्ट, ट्राभल, लाइफस्टाइल, इलेकट्रोनिक्स तथा दैनिक आवश्यक सेवासम्बन्धी हजारौँ आकर्षक अफर उपलब्ध छन्। प्रयोगकर्ताले आफूले सङ्कलन गरेका फोनपोइन्ट्स प्रयोग गरी एक्सक्लुसिभ डिस्काउन्ट, स्पेसल डिल्स तथा विभिन्न रिवार्ड क्याम्पेनमा सहभागी हुने अवसर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनहरूमा पनि यस्ता क्याम्पेन तथा रिवार्ड इनिसिएटिभहरूलाई निरन्तरता दिँदै आफ्ना प्रयोगकर्तालाई मन पर्ने ब्रान्डमा थप बचत गर्ने तथा आकर्षक पुरस्कार जित्ने अवसर उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।