arrow

कोरोना विरुद्ध भारतले बनाएको खाने औषधि प्रयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
2dg medicine.png

काठमाडौं । भारतको रक्षा अनुसन्धान  र विकास संगठन (डीआरडीओ)ले विकास गरेको कोरोना भाइरस विरुद्धको आने औषधि आज (सोमबार) सार्वजनिक गरिएको छ ।

भारतका रक्षा मन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्धनले कोभिड१९ विरुद्धको २-डीजी औषधि एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।

भारतको औषधि नियन्त्रण विभागले यो औषधि गम्भीर र सामान्य अवस्थाका संक्रमितमा प्रयोग गर्न अनुमति दिइसकेको थियो । यो औषधिलाई एक दुई दिनमा संक्रमितका लागि उपलब्ध गराइने बताइएको छ ।

इन्स्टिच्यूट अफ न्युक्लियर मेडिसिन एन्ड अलाइड साइन्सेस (आइएनएमएएस) र डा. रेड्डिज प्रयोग शालाले यो औषधि उत्पादन गरेको हो । 

हाल २ डीजी औषधिको १० हजार मात्रा मात्रै उत्पादित छ । औषधि संक्रमितका लागि उपलब्ध हुन थालेसँगै कम्पनीले थप मात्रा उत्पादन गर्ने बताएको छ ।

मे ८ मा गरिएको परीक्षणबाट यो औषधिले संक्रमितलाई चाँडै संक्रमणमुक्त गराएको थियो भने मेडिकल अक्सिजनको आवश्यक्ता समेत घटाएको पाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ