arrow

भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई भयो निको 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
corona-india-patient.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको छ । सोमबार ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको हो । यो भारतको मात्र नभई कुनै पनि देशको एकैदिनमा निको हुनेहरुको सबैभन्दा बढी संख्या हो । 

अहिलेसम्म २ करोड १५ लाख ९० हजार ३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यसैबीच भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । सोमबार संक्रमित घटेर २ लाख ६२ हजार ८९१ जना थपिएका छन् । आइतबार एकैदिन २ लाख ८१ हजार ६८३ जना संक्रमित थपिएका थिए । लामो समयपछि लगातार दोस्रो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ५२ लाख २७ हजार ९७० पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३३ लाख ४८ हजार ८९४ जना रहेका छन् ।

गत हप्ताको आइतबार सबैभन्दा बढी ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए ।

भारतमा सोमबार एकैदिन सबैभन्दा बढीको ज्यान गएको छ । सोमबार (१७ मे) ४ हजार ३३४ जनाको ज्यान गएको छ । अहिलेसम्म एकैदिन यो आँकडा पुगेको थिएन । 

अहिलेसम्म भारतमा कोरोनाबाट २ लाख ७८ हजार ७५१ जनाको ज्यान गएको छ । 

भारतमा अहिलेसम्म १८ करोड २९ लाख २६ हजार ४६० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ