arrow

इजरायल-प्यालेस्टिन द्वन्द्व :  सुरक्षा परिषद्को वक्तव्य रोक्ने अमेरिका आफै आवाज उठाउँदै   

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
biden.png

काठमाडौं अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टिनबीच भइरहेको आक्रमण रोक्नका लागि आवाज उठाएका छन् । इजरायल र प्यालेस्टिनबीच हिंसा चलेको ८ दिनपछि अमेरिकी राष्ट्रपति बाइडेनले यस्तो आवाज उठाएका हुन् ।

बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई अमेरिकाले इजिप्ट र अन्य देशहरूसँग शत्रुता रोक्नको लागि काम गरिरहेको बताएका हुन् ।

यद्यपि संयुक्त राष्ट्र सङ्घ (युएन)को सुरक्षा परिषद्ले हिंसा रोक्न आग्रह गर्दै जारी गरेको वक्तव्य भने अमेरिकाले रोकेको छ ।

८ दिनदेखि जारी हिंसात्मक आक्रमणका कारण गाजामा ६१ बालबालिका सहित २ सय १२ जनाले ज्यान गुमाइसकेका छन् भने, २ बालबालिका सहित १० जना इजरायलीले ज्यान गुमाएका छन् ।

इजरायलले गाजामा ज्यान गुमाउने अधिकांश हमास समूहका रहेको र अन्य सर्वसाधारणको मृत्यु अनजानमा भएको दाबी गरेको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ती अनुसार अमेरिकाले सर्वसाधरणहरुको रक्षा गर्नका लागि इजरायलसँग आग्रह गरेको छ । तर, संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले इजरायली सेनालाई हिंसात्मक कदम रोक्नका लागि जारी गर्न खोजेको वक्तव्य अमेरिकाले तेस्रो पटक रोकेको छ ।

चीन, फ्रान्स, रुस, बेलायत र अमेरिका संयुक्त राष्ट्र सङ्घको भेटो शक्ति हुन् । यिनी राष्ट्रले संयुक्त राष्ट्र सङ्घको कुनै वक्तव्यलाई रोक्न एवं अन्य केही मामिलामा एकाधिकारको प्रयोग गर्न सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ