arrow

गाजामा द्वन्द्व चर्किरहेका बेला इजरायललाई ८६ अर्बको हतियार बेच्दै अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
joint-direct-attack-munition-jdam-001.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले इजरायललाई साढे ७३ करोड अमेरिकी डलर (झन्डै ८६ अर्ब नेपाली रुपैयाँ)बराबरको हतियार बेच्ने सम्भावित प्रस्ताव स्वीकृत गरेको छ ।

यो प्रस्तावमाथि आज सोमबार अमेरिकी संसद्मा समीक्षा हुनेछ । यद्यपि यो प्रस्ताव अवरोध हुने सम्भावना नरहेको रोयटर्सले जनाएको छ ।

वासिङ्टन पोस्टले सबैभन्दा पहिले यो समाचार प्रकाशित गरेको थियो । अमेरिकी सांसदलाई अप्रिलमा नै सम्भावित हतियार बिक्रीबारे जानकारी गराइएको भए पनि मे ५ गते आधिकारिक रूपमा सूचित गराइएको हो ।

यो सूचनाले हतियार बिक्रीलाई रोक्न वा अवरोध गर्न सांसदहरुलाई १५ दिने समयावधि खुला गर्छ । यद्यपि, इजराय र गाजाबीच हिंसा उत्कर्षमा रहेको अवस्थामा पनि यो प्रस्तावको अवरोध हुने सम्भावना कम रहेको जनाइएको छ ।

अहिलेसम्म डेमोक्र्याटिक वा रिपब्लिकन कुनै सांसदले पनि यसको अवरोध गरेका छैनन् ।

 



नयाँ