arrow

भारतमा घट्दै कोरोनाका सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
corona-india-mask.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको छ । सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको थियो । सोमबार ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको हो । यो भारतको मात्र नभई कुनै पनि देशको एकैदिनमा निको हुनेहरुको सबैभन्दा बढी संख्या हो । 

अहिलेसम्म २ करोड १९ लाख ७९ हजार ७०३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यसैबीच भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । मंगलबार २ लाख ६७ हजार ४४ संक्रमित थपिएका छन् ।

सोमबार संक्रमित घटेर २ लाख ६२ हजार ८९१ जना थपिएका थिए । आइतबार एकैदिन २ लाख ८१ हजार ६८३ जना संक्रमित थपिएका थिए । लामो समयपछि लगातार तेस्रो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

भारतमा २ करोड ५४ लाख ९५ हजार १४४ जना संक्रमित भएका छन् । मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको ज्यान गएको छ । 

४ हजार ५२५ जनाको ज्यान गएको हो । योसँगै भारतमा अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गइसकेको छ । 

अहिलेसम्म भारतमा १८ करोड ४४ लाख ५३ हजार १४९ जनाले कोरोनाको खोप लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ