- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढीको ज्यान गएको छ । मंगलबार ४ हजार ५३० जनाको ज्यान गएको हो । यो संख्या एकैदिन भारतमा ज्यान गुमाउनेको सबैभन्दा बढी संख्या हो ।
यो संख्या अहिलेसम्मकै कुनै पनि देशको सबैभन्दा बढी हो । अहिलेसम्म कोरोनाबाट एकैदिन कहीं पनि ४ हजार ५३० जनाको ज्यान गएको थिएन ।
भारतमा कोरोना संक्रमितको संख्या घट्दै गएको भए पनि मृतकको संख्या भने घट्न सकेको छैन । योसँगै भारतमा अहिलेसम्म २ लाख ८३ हजार २७६ जनाको ज्यान गइसकेको छ ।
मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको छ । सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमितलाई निको भएको थियो ।
सोमबार ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको हो । यो भारतको मात्र नभई कुनै पनि देशको एकैदिनमा निको हुनेहरुको सबैभन्दा बढी संख्या हो ।
अहिलेसम्म २ करोड १९ लाख ७९ हजार ७०३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यसैबीच भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । मंगलबार २ लाख ६७ हजार ४४ संक्रमित थपिएका छन् ।
सोमबार संक्रमित घटेर २ लाख ६२ हजार ८९१ जना थपिएका थिए । आइतबार एकैदिन २ लाख ८१ हजार ६८३ जना संक्रमित थपिएका थिए । लामो समयपछि लगातार तेस्रो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो ।
शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।
भारतमा २ करोड ५४ लाख ९५ हजार १४४ जना संक्रमित भएका छन् ।
अहिलेसम्म भारतमा १८ करोड ४४ लाख ५३ हजार १४९ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।