arrow

प्रधानमन्त्रीबाटै निर्वाचन आचारसंहिता उल्लंघनः मौन अवधिमा भोट माग्न अपिल

निर्वाचन आयोग भन्छः मत माग्न मिल्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
kp-oli111-1619858602.jpg

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले बागमती प्रदेशतर्फको उपनिर्वाचनको पूर्वसन्ध्यामा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै अपिल जारी गरेका छन् ।

निर्वाचन आचारसंहिता २०७२ (पाँचौं संसोधन २०७४) अनुसार मौन अवधिमा पालन गर्नुपर्ने आचरणमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एस।एम।एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख छ ।

तर, प्रधानमन्त्री ओलीले भने सो आचार संहिताले उल्लेख गरेका विषयलाई अटेर गर्दै मौन अवधिको उल्लंघन गरेका हुन् । उनले आफ्नो दलबाट उम्मेदवार बनेका रामबहादुर थापा ‘बादल’लाई मतदान गर्न अपिलमार्फत आफ्ना पार्टी पंक्तिलाई  निर्देशन गरेका हुन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मौन अवधिमा निर्वाचन प्रचारप्रसार सम्वन्धि काम कारवाही गर्न नहुने उल्लेख रहेको तर, प्रधानमन्त्रीले निकालेको वक्तव्यबारे जानकारी नरहेको बताए । आयोगले ३ जेठ राती १२ बजेबाट बागमती प्रदेशतर्फको राष्टि«य सभा उपनिर्वाचनका लागि मौन अवधि सुरु भइएको जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ