arrow

ब्रजिलमा संक्रमणबाट ४ लाख ३९ हजारभन्दा बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ५ बुधबार
corona-brazil2_1617869997_1617961875.jpg

रियो डे जेनेरियो । ब्रजिलमा कोभिड १९ बुधबार कोरोना भाइरस संक्रमणको कारण थप २ हजार ५१३ जनाको मृत्यु भएको छ ।योसँगै यहाँका नागरिकको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख ३९ हजार ५० जना पुगेको छ ।

गत २४ घण्टामा ब्रजिलमा ७५ हजार जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।ब्रजिलमा कुल संक्रमितको संख्या १ करोड ५७ लाख ३२ हजार पुगेको पनि यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्रजिलको साओ पाउलोे सब भन्दा बढी कोरोना भाइरस प्रभावित राज्यको रुपमा रहेको पनि सो समाचारमा जनाइएको छ ।विश्वमा कोरोना भाइरस संक्रमणको कारण सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्रको रुपमा ब्रजिल हाल दोस्रो स्थानमा रहेको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा अमेरिका पहिलो, ब्रजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । तर धेरै संक्रमित हुनेमा भने तेस्रो स्थानमा छ । विश्वमा कोरोना भाइरसका सबैभन्दा धेरै नागरिक अमेरिकामा, दोस्रोमा भारत र तेस्रोमा ब्रजिलमा संक्रमित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ