arrow

केजरीवालले सिंगापुर भेरिएन्ट भनेपछि जयशंकरलाई आपत्

logo
पीटीआई,
प्रकाशित २०७८ जेठ ५ बुधबार
arvind-kejriwal.jpg

नयाँ दिल्ली । सिङ्गापुरले उच्च आयुक्त पी कुमारनलाई पत्राचार गरी नयाँ प्रकारको कोभिड–१९ सङ्क्रमणलाई भारतीय अधिकारीले सिङ्गापुर भेरिएन्ट भनेकोमा बुधबार गम्भीर चासो व्यक्त गरेको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार ट्वीट गरेर सिंगापुरमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको र सो भेरियन्ट बालबालिकामा जोखिमपूर्ण रहेको भन्दै हवाई सेवा बन्द गर्नु पर्ने बताएका थिए । 

भारतीय उच्चायुक्तलाई सिंगापुरले केजरीवालको टिप्पणीप्रति चासो व्यक्त गरेको भारतको विदेश मन्त्रालयले बुधबार जानकारी गराएको छ । विदेश मन्त्री एस जयशंकरले सिंगापुरका सम्बन्धमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले गरेको टिप्पणीलाई अनाधिकारिक बताएका छन् । 

उनले सिंगापुरस्थित भारतीय उच्चायोगले यस बिषयमा केजरीवालसँग कोरोना भाइरसको भेरियन्ट वा नागरिक उड्डयन नीति सम्बन्धमा बोल्ने अधिकार नरहेको जानकारी सिंगापुर सरकारलाई बताएको छ । 

विदेश मन्त्री एस जयशंकरले विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीको ट्वीट रीट्वीट गर्दै लेखेका छन् , “सिंगापुर र भारत कोभिड–१९ को लडाईँमा बलिया साझेदार हुन् । लजिस्टिक हब र अक्सिजन आपूर्तिका लागि सिंगापुरले निर्वाह गरेको भूमिकाको भारत प्रशंसा गर्दछ । हाम्रो सहयोगका लागि सिंगापुरले सैन्य विमान पठायो र यसले नै हाम्रो सम्बन्ध कति खास छ भन्ने स्पष्ट गर्छ ।”

यस्तो टिप्पणीले लामो समयदेखिको मित्रवत सम्बन्धमा असर पर्ने तर दिल्लीका मुख्यमन्त्रीको वक्तव्य भारतको भनाई नभएको विदेशमन्त्री जयशंकरले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ