arrow

भारतमा कोरोना संक्रमितलाई निको हुने क्रम तीव्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ६ बिहिबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको छ । मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको थियो । सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । यो भारतको मात्र नभई कुनै पनि देशको एकैदिनमा निको हुनेहरुको सबैभन्दा बढी संख्या हो । 

अहिलेसम्म २ करोड २३ लाख ४८ हजार ६८३ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । 

बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका छन् । लामो समयपछि लगातार चौथो दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

गत शनिबार ३ लाख १० हजार ५८० संक्रमित थपिएका थिए । भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । 

भारतमा २ करोड ५७ लाख ठज्ञ हजार द्धण्छ जना संक्रमित भएका छन् । बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको छ । मंगलबार अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको छ । ।  योसँगै भारतमा अहिलेसम्म २ लाख ८७ हजार १५६ जनाको ज्यान गइसकेको छ । 

अहिलेसम्म भारतमा १८ करोड ५८ लाख ९ हजार ३०२ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ