arrow

महामारीको दोस्रो लहर : एकै दिन अठतीस सय बढीको मृत्यु

logo
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ६ बिहिबार
corona-india-patient.jpg

नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप तीन हजार ८७४ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।   

 बुधबार त्यहाँ २ लाख ७६ हजार ११० जना थप सङ्क्रमित थपिएका छन । गत सोमबार कोरोना सङ्क्रमितको यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जनाएको थियो ।    

अप्रिल महिनाको तुलनामा हरेक दिन संक्रमितहरुको संख्या घट्दै गएको देखिएको हो । अघिल्लो महिना यहाँ दैनिक कम्तीमा पनि ४ लाख मानिसमा सङ्क्रमण देखिने गरेको थियो ।  यद्यपी सोमबारको भन्दा मंगलबार र बुधबार सङ्क्रमितको संख्या बढेको पाइएको छ ।

 मन्त्रालयले बिहीबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ८७ हजार १२२ जनाको ज्यान गएको पनि बताइएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको छ ।   
     
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु गरेको थियो । सो समयबाट हालसम्म भारतमा १८ करोड ७० लाख ९ हजार भन्दा बढी खोप लगाईसकेका छन ।  
  
भारतमा सङ्क्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन भने नगर्ने जनाएको छ । तर कतिपय शहरमा भने लगाइएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ