arrow

भारतमा तीव्र गतिमा घट्दै कोरोना संक्रमित, तीस लाखमा झरे सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट बिहीबार ३ लाख ५७ हजार १ जनालाई निको भएको छ । बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको थियो ।

मंगलबार ३ लाख ८९ हजार ५६६ जना संक्रमितलाई निको भएको थियो । सोमबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड २७ लाख ५ हजार ९०१ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । 

बिहीबार २ लाख ५९ हजा १३५ जना संक्रमित थपिएका छन् । बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका थिए । लामो समयपछि लगातार पाँचौं दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

भारतमा दुई हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ६० लाख ३० हजार ६७४ जना संक्रमित भएका छन् । 

बिहीबार ४ हजार २०८ जनाको ज्यान गएको छ । बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको थियो । मंगलबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म २ लाख ९१ हजार ३६५ जनाको ज्यान गइसकेको छ । 

अहिलेसम्म भारतमा १८ करोड ७० लाख ९ हजार ७९२ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ