arrow

इजरेल र हमासबीच युद्ध बिराम

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
india-iseral.jpg

काठमाडौँ । इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध बिराम सुरु भएको छ । ११ दिन लामो बम आक्रमणपछि दुवै पक्षले आक्रमण रोक्न सुरु गरेका हुन् ।

इजरेल र हमास दुवै समूहले यसमा आफ्नो विजयी मनाएका छन् । आक्रमणमा हालसम्म २ सय ४० जना मारिएका छन् । जसमध्ये धेरैजसो गाजाका सर्वसाधारण हुन् । त्यस्तै १ हजार ६ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्ध बिरामले प्रगतिका लागि अवसर प्रदान गरेको बताएका छन् ।

बिहीबार मात्रै गाजामा इजरेलले एक सय हवाई आक्रमण गरेको थियो । मे १० देखि दुवै समूहबीच आक्रमण सुरु भएको थियो ।

पूर्वी जेरुसेलम कब्जाको विषयलाई लिएर दुवै पक्षबिच हिंसा बढेको थियो । प्यालेस्टिनी र इजरेल दुवै पक्षले यसलाई आफ्नो दाबी गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ