arrow

पराजित बेनर्जीले भवानीपुरबाट उपनिर्वाचन लड्ने

logo
एएनआई,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
mamata-banerjee.jpg

कलकत्ता ।हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप-निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएकी छन् । 

पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उनले मुख्यमन्त्रीको रूपमा सपथ लिइसकेको तर उनी मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ । 

 मुख्यमन्त्रीले उप-निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उनले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । 

यस वर्षको निर्वाचनमा उनले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति भएका थिए । 

पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उनलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो । 

त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिएका थिए।

पार्टीका सबै नेताहरूले छलफल गरी उनलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ । 

त्यहाँ कुनै दबाब छैन ।सरकार चलाउनका लागि उन योग्य व्यक्ति हो । मैले उनसँग कुरा गरें । यो उनको नै सीट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो ।” चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ