arrow

महाराष्ट्रको गडचिरोलीमा प्रहरीसँगको भिडन्तमा १३ माओवादी विद्रोहीको मृत्यु

logo
पीटीआई,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
indian-maoist-naxalite.jpg
फाइल तस्बिर

मुम्बई। महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रवार बिहान प्रहरीको सी–६० कमाण्डो सँगको भिडन्तमा १३ नक्सालवादी विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। 

झडप बिहान ५:३० बजे इतापाल्लीको कोटमीको जङ्गलमा भएको प्रहरीले बताएको छ। भारतीय नक्सालवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका उप–महानिरीक्षक सन्दीप पाटिलले बताए।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सालवादी लडाकुहरू घना जङ्गलतर्फ भागेका गडचिरोलीका प्रहरी उपरीक्षक अङ्कित गोयलले बताए।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको उनले बताए। यस झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन।

भारतमा नक्सालवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाव रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ