arrow

भारतमा एकैदिन लाख भन्दा बढी कोरोना संक्रमित घटे, २९ लाखमा झरे सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसबाट शुक्रबार ३ लाख ५२ हजार ९४४ जनालाई निको भएको छ । बिहीबार ३ लाख ५७ हजार १ जनालाई निको भएको थियो । बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ३० लाख ५९ हजार १७ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । शुक्रबार २ लाख ५४ हजार २८८ जना संक्रमित थपिएका छन् । बिहीबार २ लाख ५९ हजा १३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका थिए । लामो समयपछि लगातार छैटौं दिन दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । 

भारतमा तीन हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ६२ लाख ८५ हजार ६९ जना संक्रमित भएका छन् । 

शुक्रबार ४ हजार १४२ जनाको ज्यान गएको छ । बिहीबार ४ हजार २०८ जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको थियो । मंगलबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म २ लाख ९५ हजार ५०८ जनाको ज्यान गइसकेको छ । 

अहिलेसम्म भारतमा १९ करोड १८ लाख ७९ हजार ५०३ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ