arrow

कोरोनाको सामना गर्न जावलाखेल ग्रुपबाट दुई करोडको स्वास्थ्य सामग्री सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
jgl-logo.jpg

काठमाडौँ। जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजले कोरोना भाइरसको महामारीले पीडित जनताको सेवा गर्नका लागि पछिल्लो दुई सातामा दुई करोड रुपैयाँ सहयोग गरेको छ। जावलाखेल ग्रुपले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोरोना प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदको लागि पछिल्लो दुई हप्तामा दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको हो।

जसअनुसार अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई एक करोड पैँतिस लाख, विभिन्न प्रदेशहरूमा सामुदायिक समूहको प्रयासको लागि सहयोग स्वरूप ७५ लाख रुपैयाँ दिइएको छ।

त्यस्तै नेपाल भेन्टिलेटर सर्भिसलाई हाइ फ्लो क्यानुलास (नन–इन्भेसिभ) भेन्टिलेटर खरिद गर्न सहयोग, वीरगन्ज महानगरपालिकामार्फत वीरगन्ज, पर्सामा अस्थायी कोभिड अस्पताल सञ्चालनको लागि सहयोग, ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरू मार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद रहेका छन्।

त्यस्तै जावलाखेल ग्रुपले विराटनगर, मोरङमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनको लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग, रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैङ्क सञ्चालन गर्न सहयोग, रोटरी क्लब अफ धनगढीलाई धनगढी, कैलालीमा अक्सिजन बैङ्क सञ्चालन गर्न सहयोग, लायन्स क्लब अफ बुटवल मार्फत बुटवल, रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरेको छ।

त्यसै गरी जावलाखेल ग्रुपले रोटरी क्लब अफ भैरहवा मार्फत भैरहवा, रुपन्देहीमा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग, भैरहवा चेम्बर अफ कर्मश मार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग, देशभरि आफ्नो ग्राहक तथा स्थानीय समुदायको लागि पाँच लाख फेस मास्क वितरण लगायत रहेका छन्।

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाहले समुदायलाई आवश्यक परेका बेला सहयोग गर्ने कुरा मानव धर्म रहेकोमा विश्वास गर्ने बताएका छन्।

यी बाहेक पनि उनले आफ्नो व्यक्तिगत क्षमतामा खाँचो परेका र वञ्चित समुदायलाई बर्सेनि लाखौँ रुपैयाँ सहयोग गर्दै आएका छन्। शाह नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता हुन्।

जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशिन जोशीले अहिलेको यो कठिन समयमा एक सच्चा कर्पोरेट नागरिकको हैसियतले व्यापारिक घरानाहरूले कुनै पनि अपेक्षा नराखी स्वच्छ रूपले सहयोगी भाव विकास गर्नुपर्नेमा जोड दिएका छन्।

कर्पोरेट सेक्टर पनि यही समुदायको एक अभिन्न हिस्सा भएको र जसको अस्तित्व समुदायको हितसँग निर्भर गर्ने भन्दै जोशीले यो समय सरकारले सीमित श्रोत र साधनबाट गरेको प्रयासप्रति आफूहरूले सहयोग र समर्थन गर्ने भएको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ