arrow

अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ३८ प्रतिशत

logo
एपी,
प्रकाशित २०७८ जेठ ८ शनिबार
usa-covid-vaccine.jpg
फाइल तस्बिर

न्यूयोर्क। अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट २७ हजार १९१ जना सङ्क्रमित भएका छन्। यो अवधिमा कोरोना भाइरस सङ्क्रमित ५८९ जनाको मृत्यु भएको छ।

कोरोनाबाट सङ्क्रमण हुनेको सङ्ख्यामा विगत दुई हप्तामा ३८ प्रतिशतले कमी आएको पनि अमेरिकी स्वास्थ्य मन्त्रालयले बताएको छ। अमेरिकामा हाल सम्म कूल ५ लाख ८८ हजार ८ सय ४९ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा १४ प्रतिशतले मृत्यु सङ्ख्या घटेको छ।

हाल अमेरिकामा ३० हजार ७ सय ६३ जना अस्पतालमा कोरोना सङ्क्रमितहरू भर्ना भएका छन् भने भर्ना हुनेको सङ्ख्या २२ प्रतिशतले घटेको छ।

शुक्रवार अमेरिकामा १० लाख ४३ हजार ७०७ जनाले कोरोनाको जाँच गराएका छन्। शनिवार बिहानसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड एक लाख पाँच हजार ३२५ रहेको छ। अमेरिकामा कूल २८ करोड १५ लाख ९५ हजार ३ सय ५१ जनाले कम्तीमा एक खोप लगाएका छन्।

अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ३८ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ४९ प्रतिशत पुगेको छ। अमेरिकाको कूल सङ्ख्या ३३ करोड १४ लाख छ भने ३५ करोड ४९ लाख खोप आपूर्ति भई सकेको सरकारी अधिकारीले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ