arrow

भारतमा तीव्र गतिमा घट्दै कोरोना संक्रमित, सक्रिय संक्रमित २८ लाखमा झरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
corona-india-help.JPG
तस्वीर–हैदराबादमा भोका र २५९ कोरोना संक्रमितलाई खाना खुवाउँदै एक संस्था ।

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार ३ लाख ५४ हजार ८२५ जनालाई निको भएको छ । शुक्रबार ३ लाख ५२ हजार ९४४ जनालाई निको भएको थियो ।

बिहीबार ३ लाख ५७ हजार १ जनालाई निको भएको थियो । बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ३४ लाख १८ हजार ५२३ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । शनिबार २ लाख ४० हजार ७६६ जना संक्रमित थपिएका छन् । शुक्रबार २ लाख ५४ हजार २८८ जना संक्रमित थपिएका छन् ।

बिहीबार २ लाख ५९ हजा १३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका थिए । लामो समयपछि लगातार एक सातादेखि दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । त्यसअघि तीन लाखभन्दा बढी संक्रमित थपिँदै आएका थिए ।

भारतमा तीन हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ६५ लाख २८ हजार ८४६ जना संक्रमित भएका छन् । 

शनिबार ३ हजार ७ सय ३६ जनाको ज्यान गएको छ । शुक्रबार ४ हजार १४२ जनाको ज्यान गएको थियो । बिहीबार ४ हजार २०८ जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको थियो ।

मंगलबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म २ लाख ९९ हजार २९६ जनाको ज्यान गइसकेको छ । 

अहिलेसम्म भारतमा १९ करोड ३३ लाख ७२ हजार ८१९ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ