arrow

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख संक्रमित, ३७ सयको मृत्यु

logo
एएनआई,
प्रकाशित २०७८ जेठ ९ आइतबार
corona-india-test5.jpg

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ संक्रमित थपिएका छन् ।  सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।  मन्त्रालयको विवरण अनुसार नयाँ संक्रमितको सङ्ख्या भन्दा संक्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाखभन्दा बढी रहेको छ । 

भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या दुइ करोड ६५ लाख ३० हजार १३२ रहेको छ जसमध्ये २८ लाख पाँच हजार ३९९ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । 

भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म कुल मृतकको सङ्ख्या दुई लाख ९९ हजार २६ पुगेको छ । 

कोरोनाभाइरसबाट संक्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या भने अहिलेसम्म दुई करोड ३४ लाख २५ हजार ४६७ पुगेको छ । 

कोरोनाभाइरसबाट अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा महाराष्ट्र राज्यलाई कर्नाटकले उछिनेको छ । 

यसअघि लामो समयसम्म सबैभन्दा धेरै संक्रमितहरु रहेको राज्यमा महाराष्ट्र राज्य रहँदै आएको थियो । 

अहिले कर्नाटक राज्यमा चार लाख ८३ हजार २०४ जना सक्रिय संक्रमितहरु रहेका छन् भने महाराष्ट्र राज्यमा तीन लाख ५२ हजार २४७ जना सक्रिय संक्रमित रहेका छन् । 

भारतमा अहिलेसम्म ३२ करोड ८६ लाख सात हजार ९३७ पटक कोरोना परीक्षण गरिएको छ । ती मध्ये २१ लाख २३ हजार ७८२ जनाको शनिबार परीक्षण गरिएको हो । 

कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान पनि भारतमा तिव्ररुपमा भइरहेको छ । संघीय स्वास्थ्य मन्त्रालयले अहिलेसम्म १९ करोठ ५० लाख चार हजार १८४ खोप उपयोग भएको जनाएको छ । 
भारतमा एकातिर खोप अभियान चलिरहेको छ भने अर्को तर्फ दैनिक हजारौको मृत्यु र लाखौँ संक्रमित हुने क्रम पनि चलिरहेको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोनाभाइरसको संक्रमणबाट हालसम्म ३४ लाख ६८ हजार पुगेको छ । कोभिड–१९ बाट सर्वाधिक असर परेका मुलुकहरुमा संयुक्तराज्य अमेरिका, ब्राजिल र भारत रहेका छन् ।

प्राप्त विवरण अनुसार संयुक्तराज्य अमेरिकामा हालसम्म ६ लाख ३ हजार, ब्राजिलमा ४ लाख ४८ र भारतमा २ लाख ९९ हजारको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ