arrow

भारतमा कोरोना संक्रमित तीव्र गतिमा घट्दै, सक्रिय संक्रमित २७ लाखमा झरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार ३ लाख २ हजार ८३ जनालाई निको भएको छ । शनिबार ३ लाख ५४ हजार ८२५ जनालाई निको भएको थियो । शुक्रबार ३ लाख ५२ हजार ९४४ जनालाई निको भएको थियो ।

बिहीबार ३ लाख ५७ हजार १ जनालाई निको भएको थियो । बुधबार ३ लाख ६८ हजार ७८८ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ३७ लाख २० हजार ९१९ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् । आइतबार २ लाख २२ हजार ७०४ जना संक्रमित थपिएका छन् । शनिबार २ लाख ४० हजार ७६६ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ५४ हजार २८८ जना संक्रमित थपिएका थिए । 

बिहीबार २ लाख ५९ हजा १३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ७६ हजार ५९ संक्रमित थपिएका थिए । लामो समयपछि लगातार एक सातादेखि दुई लाखको आँकडामा संक्रमित थपिने क्रम देखिएको हो । त्यसअघि तीन लाखभन्दा बढी संक्रमित थपिँदै आएका थिए ।

भारतमा तीन हप्ताअघिको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ६७ लाख ५१ हजार ६८१ जना संक्रमित भएका छन् । 

आइतबार ४ हजार ४५२ जनाको ज्यान गएको छ । शनिबार ३ हजार ७ सय ३६ जनाको ज्यान गएको थियो । शुक्रबार ४ हजार १४२ जनाको ज्यान गएको थियो । बिहीबार ४ हजार २०८ जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ८७६ जनाको ज्यान गएको थियो ।

मंगलबार (१७ मेमा) अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ३ हजार ७५१ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २७ लाखमा पुगेका छन् । हाल २७ लाख १६ हजार ३५६ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा १९ करोड ५० लाख ४ हजार १८४ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ