arrow

केबलकार दुर्घटनामा १४ को मृत्यु, दुई गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
italy-accident-cablecar.jpg

काठमाडौं । इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ९ वर्षे एक बालक पनि रहेका छन् । ५ वर्षे एक बालकसहित दुई जना गम्भीर घाइते भएका छन् । 

इटालीको एक रिसोर्टबाट उत्तरी क्षेत्रमा रहेको म्यागियोर पहाडतर्फ लागेको केबलकार दुर्घटना हुँदा उनीहरुको ज्यान गएको बीबीसीले लेखेको छ । 

ज्यान गुमाउनेमा पाँच जना इजरेली नागरिक रहेको इजरेलको विदेश मन्त्रालयले जनाएको छ ।

१६ जना यात्रु सवार केबलकार पहाडको विकट क्षेत्रमा खसेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ