arrow

‘नागरिकता अध्यादेशले नेपाललाई फिजीको नियतीमा पुर्‍याउँछ’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
bhimarjun_acharya.jpeg

काठमाडौं । संविधानविद् डा.भीमार्जुन आचार्यले नागरिकता अध्यादेश जारी गर्नु भनेको नेपाललाई फिजीको नियतीमा पुर्‍याउने प्रयास हो भनेका छन् ।

सोमबार सामाजिक संजालमार्फत प्रतिक्रिया दिंदै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर नेपाललाई फिजीको नियतीमा पुर्‍याउन नागरिकता अध्यादेश जारी गरेको टिप्पणी गरेका छन् ।

उनले वर्तमान प्रधानमन्त्री राष्ट्रघातको कित्तामा उभिएकै दिनदेखि आफूहरुले विरोध गरेको पनि उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘ओली राष्ट्रघातको कित्तामा उभिएको दिनदेखि हामीले बिरोध गर्‍यौं । उनको गुट र कार्यकर्ताहरू हाम्रो बिरुद्ध खनिए। यस्तो महामारीको समयमा आज उनी र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्याउने नागरिकता अध्यादेश जारी गरे। जसको बिरोध पहिले उनी आफैले गरेका थिए।

भोलि निर्वाचन गरे भने मुलुकको सार्वभौमसत्ता नै बुझाउँलान । सत्ताको लागि जस्तोसुकै सम्झौता गर्ने खतरा देखियो। एउटा नेता भन्दा देश ठूलो हो। होसियार हौ। त्यो तत्व पचासौं वर्षको ड्युज यो सरकार मार्फत प्राप्ति गर्ने योजनामा छ । त्यसलाई सफल हुन नदिउँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ