arrow

कोरोना भाइरस ल्याबमा बनाइएको बारे अमेरिकी विज्ञ एन्थोनी फौचीले भने यस्तो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
corona-variant.jpg

काठमाडौं। कोरोना भाइरस ल्याबमा बनाइएको हो या प्राकृति रुपमा उत्पन्न भएको हो ? यो प्रश्नको जवाफ अझैं स्पष्ट हुन सकेको छैन् । यस्तोमा ह्वाइट हाउसका प्रमुख मेडिकल सल्लाहकार तथा अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा। एन्थोनी फौचीले यो प्रश्नमाथि टिप्पणी गरेका छन् ।

डा. फौचीले कोरोना भाइरस प्राकृतिक रुपमै उत्पन्न भएको हो भन्ने बिषयमा विश्वास गर्न सहज नभएको बताएका छन् ।

अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगकाे एक अन्तवार्तामा क्रममा डा. फौचीलाई कोरोना भाइरस प्राकृति रुपमै आएको हो ? भनेर प्रश्न गरिएको थियो । यसको जवाफमा उनले यसमा आफुले विश्वास गर्न नसक्ने बताएका हुन् । चीनबाट कसरी कोरोना भाइरस फैलियो भन्ने बिषयमा थप अनुसन्धान हुन जरुरी रहेको उनले बताएका छन् ।

कोरोना भाइरस कसरी मानव जातिमा आइपुग्यो भन्ने बिषयमा अनेकौं तथ्यहरु अस्पष्ट रहेका छन् । चीनमा यसको उत्पत्तीबारे अध्ययन गर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को टिमलाई चीनले पूर्ण सहयोग नगरेको आरोप छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ