arrow

भारतमा कोरोना संक्रमित थपिने क्रम एक लाखमा झर्यो, सक्रिय संक्रमित २५ लाख मात्रै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
corona-india-covid-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । सोमबार ३ लाख २६ हजार ६७१ जनालाई निको भएको छ । आइतबार ३ लाख २ हजार ८३ जनालाई निको भएको थियो । शनिबार ३ लाख ५४ हजार ८२५ जनालाई निको भएको थियो । शुक्रबार ३ लाख ५२ हजार ९४४ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ४० लाख ४७ हजार ७६० जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् ।

सोमबार १ लाख ९५ हजार ६८५ जनामात्र संक्रमित थपिएका छन् । महिनौंपछि एक लाखको आँकडामा संक्रमित थपिएका हुन् । 

आइतबार २ लाख २२ हजार ७०४ जना संक्रमित थपिएका थिए । शनिबार २ लाख ४० हजार ७६६ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ५४ हजार २८८ जना संक्रमित थपिएका थिए ।  भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ६९ लाख ४७ हजार ४९६ जना संक्रमित भएका छन् । 

सोमबार ३ हजार ४९६ जनाको ज्यान गएको छ । आइतबार ४ हजार ४५२ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख ७ हजार २४९ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २५ लाखमा पुगेका छन् । हाल २५ लाख ८१ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा १९ करोड ६० लाख ५१ हजार ९६२ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ