arrow

स्वर्गभूमिद्धारा दुई पालिकामा अक्सिजन सहितका स्वास्थ्य सामग्री सहयोग

logo
कौरव खत्री, 
प्रकाशित २०७८ जेठ ११ मंगलबार
corona-sahayog.jpg

बागलुङ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि बागलुङको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अक्सिजन सहितका स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरिएको छ ।

स्वर्गभूमि फाउण्डेशन गलकोट हरिचौरको संयोजनमा फाउण्डेशनका प्रतिनिधि ईल्शन थापासहित सहयोगी संस्थाका प्रतिनिधिहरुले गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे र ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । 

स्वास्थ्य सामग्री ग्रहण गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्वदेश तथा विदेशमा छरिएका गलकोटेहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर स्वास्थ्य सामाग्री सहयोग प्रदान गरेको भन्दै  फाउन्डेशन लगायत सहयोगी संघ संस्थाहरु तथा व्यक्तिहरुप्रति आभार व्यक्त गदैं महामारी रोकथाम तथा नियन्त्रणका लागि आगामी दिनमासमेत सबै सामाजिक संघ संस्थासँग नगरपालिकाले आवश्यक सहकार्य गरी महामारी नियन्त्रण गर्नका लागि अगाडि बढ्ने बताए । 

त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले कोरोना महामारीको समयमा संक्रमितको उपचारको लागि सहयोग गर्ने सहयोगदाताहरुको उद्देश्य र मर्मअनुसार स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।

कोरोना भाइरसको संक्रमणको कारण अप्ठ्यारोमा रहेका नागरिकको उपचारको लागि गलकोट नगरपालिकाले र ताराखोला गाउँपालिकाले संचालनमा ल्याएको अस्थायी कोरोना अस्पतालको लागि आवश्यक स्वास्थ्य सामग्री विभिन्न सामाजिक संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग संकलन गरि करिब ८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको स्वर्गैभूमि फाउण्डेशनका अध्यक्ष भुपिन्द्र खत्री जानकारी दिए ।

गलकोट क्षेत्रबाट रोजगारी, अध्ययन तथा पेशा व्यवसायको लागि गलकोट क्षेत्र बाहिर स्वदेश तथा विदेशमा एवं विश्वभर छरिएर रहेका गलकोटेहरुसँग हातेमालो गर्दै सहयोग जुटाएर अस्पताललाई सामग्री पठाएको उनको भनाइ छ ।

स्वर्गभूमि फाउण्डेशनको संयोजनमा गलकोट समाज जापान, गलकोट धुम्टे विकास मञ्च काठमाडांैं, बागलुङ गलकोट महिला समूह काठमाडौं, गलकोट समाज अष्ट्रेलिया, बागलुङ सेवा समाज क्यानडा, गलकोट समाज युके, निलुवा समाज चमुवा जापान लगायतका सामाजिक संघ संस्था तथा व्यक्तिहरुबाट सहयोग संकलन गरी संकलित रकमबाट अक्सिजन सहितका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।

गलकोट नगरपालिकाको कोरोना अस्पतालको लागि ७ ओटा अक्सिजन सिलिन्डर, र ताराखोला गाँउपालिकाको लागि ३ ओटा अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको हो । त्यसमध्ये गलकोट समाज युकेले ३ ओटा अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री खरिद गरी २ ओटा गलकोट नगरपालिका र १ अक्सिजन सिलिन्डर ओटा ताराखोला गाउँपालिकालाई सहयोग प्रदान गरेको गलकोट समाज युकेका प्रतिनिधि तेज भण्डारीले जानकारी दिए ।

फाउण्डेशनको संयोजनमा अक्सिजन फ्लो मिटर १६ ओटा, रेगुलेटर १६ ओटा, सर्जिकल माक्स २४ थान, एन ९५ माक्स ६८ ओटा, अक्सिजन कि ५ ओटा, फेस शिल्ड ३० ओटा, पल्स अक्सिमिटर २० ओटा, अक्सिजन माक्स २० ओटा,हाईफ्लो माक्स ७ ओटा, पीपीई सेट १५ ओटा लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २१ प्रकारका स्वास्थ्य सामाग्रीहरु गलकोट नगरपालिकामा हस्तान्तरण गरिएको थियो ।

त्यस्तै ताराखोला गाँउपालिकालाई अक्सिजन फ्लो मिटर ४ ओटा,रेगुलेटर ४ ओटा, सर्जिकल माक्स १४ थान,एन ९५ माक्स ३० ओटा, अक्सीजन कि ३ ओटा, फेस शिल्ड २० ओटा, पल्स अक्सिमिटर ४ ओटा अक्सिजन माक्स ४ ओटा, हाईफ्लो माक्स ३ ओटा, पिपिई सेट १० ओटा लगायतका विभिन्न प्रकारका औषधीहरु सहित २० प्रकारका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको फाउण्डेशनका स्वास्थ विभाग प्रमुख डा.बोधराज गौतमले जानकारी दिए ।

गलकोटमा कोरोना माहामारीको समयमा सामान्य सिटामोल,अस्पतालमा बेड, अक्सिजन,औषधीको अभावबाट संक्रमितहरूको उपचार नपाएर ज्यान  गुमाउन नपरोस भन्ने लक्ष्य राखेर सहयोग अभियान सञ्चालन गरि स्वास्थ्य सामाग्रीहरु  सहयोग गरिएको भावी दिनमा पनि यस्तै प्रकारका समाजिक कामहरू गरिरहने फÞाउन्डेशनको संचालक समिति सदस्य तथा सुचना प्रविधि विभाग प्रमुख इन्जिनियर विराज सुवेदीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ