arrow

इजरायल-प्यालेस्टिनबीच युद्धबिराम भएसँगै अमेरिकी विदेशमन्त्री मध्यपूर्वको भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
antony-blinken-usa.jpg

काठमाडौं। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन मध्यपूर्वको भ्रमणमा छन् । इजरायल र प्यालेस्टिनबीच भइरहेको  द्धन्द्धमा बिराम लागेलगत्तै अमेरिकी विदेशमन्त्री मध्यपूर्वको भ्रमणमा निश्केका हुन् ।

मंगलबार इजरायल पुगेका ब्लिंकन र प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेटवार्ता गर्ने भएका छन् । त्यसपछि  वेस्ट बैंकमा पुगेर प्यालेस्टाइन राष्ट्रपति महमूद अब्बाससँग भेटवार्ता गर्ने छन् ।

चारदिने भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री ब्लिंकनले यसै हप्ता जोर्डन र इजिप्टको भ्रमण समेत गर्दै छन् । इजरायल र प्यालेस्टिनबीच थप द्धन्द्ध हुन नदिन दुवैपक्षसँग वार्ता गर्ने बताइएको छ ।

प्यालेस्टिनमाथि भएको आक्रमणका लागि इजरायललाई दोषी ठहर गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन माथिको दबाक र अमेरिकाले इजरायलसँग गरेको हतियार बिक्रीको सम्झौताको आलोचना भइरहेका बेला ब्लिंकन मध्यपूर्वको भ्रमणमा निश्केका हुन् ।

खासगरी इजरायल र प्यालेस्टिनबीचको पछिल्लो विवादलाई बढ्न नदिनका लागि यो भ्रमण केन्द्रित रहेने अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ