arrow

खाना खोज्दै चितुवा र कालो भालु जम्मु काश्मीरका बस्तीमा

मानिस र वन्यजन्तुबीच बढ्दो सङ्घर्ष

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
Kashmir_map.png
फाइल तस्बिर

श्रीनगर। जम्मु काश्मीर वन्यजन्तु संरक्षण विभागले मानिस र वन्यजन्तु सङ्घर्षबारे जनचेतना कार्यक्रम आयोजना गरेको छ।

वन्यजन्तु संरक्षण विभागले जम्मु काश्मीरको श्रीनगर स्थित दचिगम राष्ट्रिय पार्कमा मानिस र वन्यजन्तु सङ्घर्षबारे जनचेतना कार्यक्रम आयोजना गरेको हो। जम्मु काश्मीरको विभिन्न ठाउँमा मानिस र वन्यजन्तु बीच विभिन्न समस्या बढिरहेको कारण यसबारे जनचेतना कार्यक्रम आयोजना गरिएको हो।

चितुवा र हिमालय क्षेत्रबाट आएका कालो भालुहरू मानव बस्तीमा प्रवेश गर्ने र मानिसहरूले ती वन्यजन्तुहरू मार्ने घटनाहरू बढिरहेको वन्यजन्तु विभागले बताएको छ। त्यस्तै, यस्ता वन्यजन्तुहरूले मानिसहरूलाई आक्रमण गर्ने घटनाहरू पनि वृद्धि भएका छन्।

खानेकुराको अभावका कारण चितुवा तथा कालो भालुहरू मानव बस्तीमा प्रवेश गरेको धेरै घटना भएको र यस्ता विषयबारे मानिसहरूमा चेतनाका लागि जनचेतना कार्यक्रम आयोजना गरेको जम्मु काश्मीर वन्यजन्तु संरक्षण विभागले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ