- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । मंगलबार २ लाख ९५ हजार ८५ जनालाई निको भएको छ । सोमबार ३ लाख २६ हजार ६७१ जनालाई निको भएको थियो । आइतबार ३ लाख २ हजार ८३ जनालाई निको भएको थियो ।
शनिबार ३ लाख ५४ हजार ८२५ जनालाई निको भएको थियो । शुक्रबार ३ लाख ५२ हजार ९४४ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो ।
अहिलेसम्म भारतमा २ करोड ४३ लाख ४३ हजार २९९ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् ।
मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका छन् । सोमबार १ लाख ९५ हजार ६८५ जनामात्र संक्रमित थपिएका थपिएका थिए ।
भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७१ लाख ५६ हजार ३८२ जना संक्रमित भएका छन् ।
मंगलबार ४ हजार १५९ जनाको ज्यान गएको छ । सोमबार ३ हजार ४९६ जनाको ज्यान गएको थियो । आइतबार ४ हजार ४५२ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । योसँगै भारतमा अहिलेसम्म ३ लाख ११ हजार ४२१ जनाको ज्यान गइसकेको छ ।
सक्रिय संक्रमित घटेर २४ लाखमा पुगेका छन् । हाल २४ लाख ९० हजार ८७६ जना सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म भारतमा १९ करोड ८५ लाख ३८ हजार ९९९ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।