arrow

ब्रजिलमा चार लाख ५० हजार नाघ्यो मृतक संख्या 

logo
एएनआइ,
प्रकाशित २०७८ जेठ १२ बुधबार
corona-brazil2_1617869997_1617961875.jpg

ब्रासिलिया ।  ब्रजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार लाख ५० हजार नाघेको यहाँको स्वास्थ्य मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । 

गत २४ घण्टामा  कोरोना संक्रमणको कारण दुइ हजार १७३ जनाको मृत्यु भएपछि ब्रजिलमा कोरोनाबाट मृत्यु हुने  संख्या चार लाख ५२ हजार ३१ जना पुगेको छ । गत २४ घण्टामा ब्रजिलमा ७३ हजार ४५३ जना थप व्यक्तिमा कोरोना संक्रमण भएपछि संक्रमितको संख्या एक करोड ६१ लाख ९४ हजार २०९ जना पुगेको छ । 

 यस प्रकोप शुरु भएयता ब्रजिलमा १ करोड ४६ लाख व्यक्ति कोरोना मुक्त भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ