arrow

नागरिकता विधेयकमा गैरआवासीय नेपालीलाई बेवास्ता गरियो: कुल आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
kul-acharya-nrn.jpg

 काठमाडौं । गैरआवासीय नेपाली नागरिकताको विषयलाई आश्वासनमा मात्र सीमित राख्ने गरेको भन्दै गैरआवासीय नेपाली संघ(एनआरएनए)का सल्लाहकार तथा पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले दुःख व्यक्त गरेका छन् ।

संघको जन्म नै गैरआवासीय नेपालीहरुका लागि नागरिकताको अधिकार तथा प्रवासी नेपालीलाई मातृभूमिसंग जोडने पुलको रुपमा भएको उनले स्मरण गरेका छन्।

नागरिकताको अधिकारसंग़ै जोडिएको सम्पत्तिको अधिकार र वैदेशिक रोज़गारमा रहेका श्रमिकहरूको जीवन रक्षाको सवालमा एनआरएनहरुले मातृभूमिबाट अपेक्षा राखेका हुन् । यसबाहेक गैरआवासीय नेपालीहरूले राष्ट्रलाई हरेक संकटमा डटेर सहयोग गरिरहेका छन् र संसारभर मातृभूमिको दूत बनेर निरन्तर लागिरहेका छन्,’ आचार्यले भने ।

संसदमा लगभग दुइतिहाई बहुमत प्राप्त सरकार, दलहरु र सिंगो संसदले  गैरआवासीय नेपाली संघको आवाज़लाई  सम्बोधन गर्ने ठूलो आशा थियो, तर सम्बद्ध पक्षहरूद्वारा सार्थक प्रयास नगरिएको भन्दै आचार्यले दुःख ब्यक्त गरे  ।

सरकारले संसद विघटन गरेर गैरआवासीय नेपाली नागरिकता जस्तै छलफलमा रहेको नागरिकताको मुद्दालाई अध्यादेश मार्फत फ़ास्ट ट्रयाकमा  विधेयक नै ल्याएपछि  गैरआवासीय नेपाली समुदायले संविधानले प्रत्याभूत गरेको विषयमा यति लामो समयसम्म सरकार र दलहरू मौन रहेको भन्दै विरोध गरेका छन्  ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ