arrow

क्यानडा पुगेका दुई नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
accident-final.jpg

काठमाडौँ । अध्ययनका लागि क्यानडा पुगेका भोजपुरकी लाक्पा याञ्जी शेर्पा र कास्कीका राजीव श्रेष्ठको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

मध्यक्यानडाको ओन्टारियो सहरमा भएको दुर्घटनामा उनीहरू सवार एसयुभी गाडीमा आगलागी हुँदा घटनास्थलमै दुवै जनाको मृत्यु भएको हो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाका अनुसार लाक्पा २२ वर्षकी थिइन्। उनी टोरन्टोस्थित फ्लेमिङ कलेजबाट नर्सिङ अध्ययन पूरा गरेकी थिइन्। राजीव श्रेष्ठले भने टोरन्टोको महक कलेजमा आइटी अध्ययन गरिरहेका थिए।

जुन ९ र १० मा फ्लेमिङ कलेजमा दीक्षान्त समारोह सम्पन्न भएको थियो। समारोहमा सहभागी भएर घर फर्किने क्रममा उनीहरू दुर्घटनामा परेका हुन्। दुर्घटनापछि गाडीमा आगो लागेको ओन्टारियो प्रदेश प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई जनाएको छ।

एनआरएनए क्यानडाका अध्यक्ष जगन सापकोटाका अनुसार दुवै विद्यार्थीको शव टोरन्टोस्थित अस्पतालमा राखिएको छ।

लाक्पाको शव नेपाल ल्याउने प्रक्रिया अभिभावकको आग्रहमा सुरु गरिएको छ भने राजीवको अन्त्येष्टिबारे निर्णय हुन बाँकी छ।

विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा र यात्रासम्बन्धी जोखिम पुनः उजागर गर्ने यो घटनाले शैक्षिक अवसरसँगै बढ्दो चुनौतीलाई पनि सतहमा ल्याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ