arrow

भारतमा धमाधम घट्दै कोरोनाका संक्रमित, २० करोड ७ लाखले लगाए खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
doctor-india-corona-vaccine.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार २ लाख ८२ हजार ९२४ जनालाई निको भएको छ । मंगलबार २ लाख ९५ हजार ८५ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ४६ लाख २६ हजार १४ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् ।

बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका छन् । मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए । सोमबार १ लाख ९५ हजार ६८५ जनामात्र संक्रमित थपिएका थपिएका थिए । 

 भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७३ लाख ६७ हजार ९३५ जना संक्रमित भएका छन् । 

बुधबार ३ हजार ८४१ जनाको ज्यान गएको छ । मंगलबार ४ हजार १५९ जनाको ज्यान गएको थियो । सोमबार ३ हजार ४९६ जनाको ज्यान गएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख १५ हजार २६३ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २४ लाखमा पुगेका छन् । हाल २४ लाख १५ हजार ७६१ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा २० करोड ६ लाख ६२ हजार ४५६ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ