arrow

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट आठ जनाको मृत्यु, थुप्रै घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
america-accident.jpg

काठमाडौं । अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ८ जनाको ज्यान गएको छ । क्यालिफोर्निया राज्यको सेन जोस शहरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको ज्यान लिएको हो । प्रहरीका अनुसार थुप्रै घाइते भएका छन् । 

घटनापछि उक्त अपराधी भाग्ने कोशिश गरिरहँदा प्रहरीले गोली हानेर मारेको छ । उक्त शहरका मेयर स्याम लिकार्डोले यो घटना शहरकै कालो धब्बा भएको प्रतिक्रिया दिएका छन् । 

मारिनेहरु अधिकांश कर्मचारी हुन् । उनीहरु यातायात प्राधिकरणका कर्मचारी थिए । बुधबार बिहान काम सकेर घर जाने तयारी गरिरहेका उनीहरुमाथि आक्रमण भएको हो । 

उक्त भवनभित्र केही विष्फोटक पदार्थ पनि भएको हुन सक्ने आशंका गरिएको छ । बम डिस्पोजल टिमलाई पनि बोलाइएको छ । सीएनएनका अनुसार अमेरिकी समयअनुसार बिहान ६ः१५ बजे उक्त घटना भएको थियो । अचानक एक व्यक्तिले फायरिङ्ग गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ