arrow

बालबालिकालाई फाइजरको खोप लाउँदै भारत

logo
पीटीआई,
प्रकाशित २०७८ जेठ १३ बिहिबार
vaccine-pfizer-biotech.jpg

नयाँ दिल्ली । फाइजरको कोरोनाभाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ । 

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बालबालिकासमेतलाई फाइजरको खोप लगाउन पाइने विश्वास व्यक्त गरेका हुन् ।   

खोप निर्माण गरेको अमेरिकी औषधि कम्पनीले भारतलाई खोप उपलब्ध गराउने बताए लगत्तै मुख्यमन्त्री केजरीवालको यो अभिव्यक्ति आएको हो । 

अमेरिकी अधिकारीले सो खोप १२ बर्ष वा सोभन्दा माथिका सवैले लगाउन सक्ने र २–८ डिग्री सेल्सीयसको तापक्रममा एक महिनासम्म भण्डारण गर्न सक्ने पनि जानकारी दिएका छन् । 

“यो खोप बालबालिकालाई अति उत्तम हुने हामीले विश्वास लिएका छौँ, मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् । 

कोरोनाभाइरसको तेस्रो चरणको महामारी सुरु हुनु अगाडि नै बालबालिकाहरुलाई खोप लगाइ सक्नेगरी व्यवस्था गर्नेतर्फ सक्रियता देखाउन उनले केन्द्रीय सरकारलाई पनि आग्रह गरेका छन् । 

आगामी महिनादेखि नै बालबालिकामा कोरोनाभाइरसको बढी असर देखिन सक्ने उनले बताएका छन् । 

महामारीका कारण कक्षा १२ को बोर्ड परीक्षासमेत धेरै ढिला भइसकेको उल्लेख गर्दै उनले ती विद्यार्थी र शिक्षकहरुलाई पनि प्राथमिकताका साथ खोपको व्यवस्था गर्न केन्द्रीय सरकारलाई सुझाव दिएका छन् ।

फाइजरले आगामी जुलाइदेखि डिसेम्बर सम्ममा पाँच करोड मात्रा खोप भारतलाई उपलब्ध गराउने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ