arrow

भारतमा कोरोना संक्रमित थपिने क्रम एक लाखमा झर्यो, २३ लाख सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको छ । बुधबार २ लाख ८२ हजार ९२४ जनालाई निको भएको थियो । मंगलबार २ लाख ९५ हजार ८५ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ४८ लाख ९० हजार ३२६ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् ।

बिहीबार १ लाख ७९ हजार ५३५ जना संक्रमित थपिएका छन् । बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका थिए । मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए । 

 भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७५ लाख ४७ हजार ७०५ जना संक्रमित पुगेका छन् । 

बिहीबार ३ हजार ५५६ जनाको ज्यान गएको छ । बुधबार ३ हजार ८४१ जनाको ज्यान गएको थियो । मंगलबार ४ हजार १५९ जनाको ज्यान गएको थियो । सोमबार ३ हजार ४९६ जनाको ज्यान गएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख १८ हजार ८२१ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २३ लाखमा पुगेका छन् । हाल २४ लाख २७ हजार ५४१ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा २० करोड २६ लाख ९५ हजार ८७४ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ