arrow

कोरोना भाइरसको उत्पत्तिबारे थप अध्ययन गर्ने कुरा उठ्दा चीन फेरि आक्रोशमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
America-US-China.jpeg

काठमाडौं । कोरोना भाइरस चीनको ल्याबबाट बाहिरिएको हो भन्ने कुरामाथि थप अनुसन्धान गर्न अमेरिकाले चालेको पहलको चीनले निन्दा गरेको छ ।

बुधबार एक वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूले ह्वाइट हाउस प्रवेश गरे लगत्तै कोरोना भाइरसको उत्पत्तिबारे रिपोर्ट तयार पार्न भनेको बताएका छन् ।

सोही रिपोर्टमा कोरोना भाइरस कुनै जनावरबाट मानिसमा सरेको हुनसक्ने या चीनको वुहान स्थित वुहान इन्स्ट्यिुट अफ भाइरोलोजिबाट लिक भएको हुन सक्ने कुरा उल्लेख गरेको छ । कोरोना भाइरस मानवताजीमा प्रवेश गरेको विषयमा विश्व स्वास्थ्य सङ्गठनको पनि यस्तै दुई मत रहिआएको छ ।

तर, यी दुवैमध्ये कुनै एक तथ्यलाई आधारमा मान्न दुवैमा समान प्रमाण देखिएका कारण कुनै एक तथ्यलाई पुष्टि गर्न आवश्यक पर्ने थप अध्ययनका लागि बुधवार अमेरिकी राष्ट्रपति बाइडेनले पहल गरेका हुन् ।

तर, यो कुरालाई लिएर चीनले निन्दा गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकाले तथ्य र सत्यको वास्ता नगरेको बताएका छन् ।

'तिनीहरूको उद्देश्य भनेको महामारीलाई कलङ्क लगाउन, राजनीतिक फेरबदल र दोष लगाउनका लागि प्रयोग गर्ने हो', चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता लिजियानले भने ।

यसअघि पनि चीनले दुई पटक विश्व स्वास्थ्य सङ्गठनको टोलीलाई वुहानको ल्याबमा कोरोना भाइरसको उत्पत्तिका विषयमा अध्ययन गर्नबाट रोक लगाएको थियो । 

वुहानको वुहान इन्स्ट्युट अफ भाइरोलोजिमा थुप्रै प्रजातिका कोरोना भाइरसको अध्ययन हुँदै आएको छ । भने सन् २०१८ मा नै एक अमेरिकी रिपोर्टले वुहानको ल्याब अति नै अव्यवस्थित रहेको देखाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ