arrow

कोरोना भाइरसको उत्पत्तीबारे थप अध्ययन गर्न आवश्यक- भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
india.jpg

काठमाडौं । भारत सरकारले कोरोना भाइरसको उत्पत्तीबारे थप अध्ययन गर्न आवश्यक रहेको बताएको छ । 

विभिन्न सञ्चारमाध्यमले सोधेको प्रश्नको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयले आधिकारीक प्रतिक्रिया दिएको हो ।

'कोभिड१९को उत्पत्तीका बारे विश्व स्वास्थ्य संगठनले सञ्चालन गरेको विश्वव्यापी अध्ययन एक महत्वपूर्ण पहिलो कदम हो । थप तथ्यांक र अध्ययनका माध्यमबाट निचोडमा पुग्न अर्काे चरणको अध्ययनको आवश्यक्ता रहेको यस अध्ययनले देखाएको छ,' भारतको विदेशमन्त्रालयको आधिकारीक प्रतिक्रियमा उल्लेख छ ।

'विश्व स्वास्थ्य संगठनको प्रतिवेदन र यस बिषयमा भएका थप अध्ययनलाई अघि बढाउन सबैको समझदारी र सहकार्यको खाँचो छ,' भारतको विदेश मन्त्रालयका आधिकारीक प्रवक्ता अरिन्दम बागचीको प्रतिक्रियामा उल्लेख छ ।

कोरोना भाइरस ल्याबबाट बाहिरिएको हो या कुनै जनावरबाट मानिसमा सरेको हो भन्नेबारे यकिन हुन सकेको छैन् । यसकारण थप अध्ययनका लागि अमेरिका क्यानडालगायका देशहरुले पनि पहल चालेका छन् ।

तर, चीनले भने अमेरिकाले थप अध्ययन गर्न माग गर्दै चीनलाई बदनाम गराउन खोजेको आरोप लगाएको छ । वुहानको भाइरोलोजी ल्याबबाट कोरोना भाइरस लिक भएको आशंका गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ