arrow

रुसले भारतलाई स्वास्थ्य सामाग्री सहयोग गर्ने

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
russia9.jpg
फाइल तस्बिर

नयाँ दिल्ली। रुसले भारतलाई अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको छ। भारतमा बढ्दो कोभिड १९ को सङ्क्रमणको समयमा रुसले अक्सिजन र रेम्डेसिभिर औषधी उपलब्ध गर्ने बताएको हो। रुसले प्रत्येक साता तीनदेखि चार लाखसम्म रेम्डेसिभिर औषधी पठाउन सक्ने र अक्सिजन पानीजहाज मार्फत पठाउने बताएको इकोनमिक टाइम्सले लेखेको छ।

कोरोना भाइरसको बढ्दो सङ्क्रमणले भारतका अस्पतालहरूमा अक्सिजन र रेम्डेसिभिर औषधीको अभाव भएको छ। एन्टी भाइरल औषधी रेम्डेसिभिर कोभिड १९ विरुद्ध उपयोगी मानिँदै आएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ