arrow

भारतमा २२ लाखमा झरे कोरोना संक्रमित, २० करोड ५७ लाखलाई खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
corona-india-vaccine.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको छ । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो । 

बुधबार २ लाख ८२ हजार ९२४ जनालाई निको भएको थियो । मंगलबार २ लाख ९५ हजार ८५ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । 

अहिलेसम्म भारतमा २ करोड ५१ लाख ७० हजार ९५२ जना संक्रमित कोरोनामुक्त भएका छन् । भारतमा संक्रमित तीव्र गतिमा घटेका छन् ।

शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका छन् । बिहीबार १ लाख ७९ हजार ५३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका थिए । मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए । 

 भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७७ लाख १९ हजार ४३१ जना संक्रमित पुगेका छन् । 

शुक्रबार ३ हजार ४६० जनाको ज्यान गएको छ । बिहीबार ३ हजार ५५६ जनाको ज्यान गएको थियो । बुधबार ३ हजार ८४१ जनाको ज्यान गएको थियो । मंगलबार ४ हजार १५९ जनाको ज्यान गएको थियो । सोमबार ३ हजार ४९६ जनाको ज्यान गएको थियो ।

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख २२ हजार ३८४ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २२ लाखमा पुगेका छन् । हाल २२ लाख १४ हजार ९८१ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा २० करोड ५७ लाख २० हजार ६६० जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ