arrow

भारतमा कोरोना संक्रमित तीव्र गतिमा घट्दै, सक्रिय संक्रमित २१ लाखमा झरे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
corona-india-bed.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको छ । शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको थियो । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ५४ लाख ४६ हजार ८२० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका छन् । शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका थिए । बिहीबार १ लाख ७९ हजार ५३५ जना संक्रमित थपिएका थिए । बुधबार २ लाख ११ हजार २७५ जना संक्रमित थपिएका थिए । मंगलबार २ लाख ८ हजार ७१४ जना संक्रमित थपिएका थिए । 

 भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ७८ लाख ९३ हजार ४७२ जना संक्रमित पुगेका छन् । 

शनिबार ३ हजार ४६३ जना संक्रमितको ज्यान गएको छ । शुक्रबार ३ हजार ४६० जनाको ज्यान गएको थियो । बिहीबार ३ हजार ५५६ जनाको ज्यान गएको थियो । 

१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख २५ हजार ९९८ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २१ लाखमा पुगेका छन् । हाल २१ लाख ९ हजार ४९७ जना सक्रिय संक्रमित रहेका छन् । 

अहिलेसम्म भारतमा २० करोड ८९ लाख २ हजार ४४५ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ