arrow

उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
ujjwal-hospital.jpg

काठमाडौं । कोरोना संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।

आइबार अस्पतालले सार्वजनिक गरेको रिर्पोट अनुसार करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराई विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचारमा रहेका उज्वलको अवस्था जटिल बनेको हो ।

अहिले अस्पतालमा एक्मो (इसीएमओ) प्रविधिबाट सोही अस्पतालका विशेषज्ञहरु, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै उनको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको परिवार स्रोतले जनाएको छ ।

उज्वलका शुभेच्छुक तथा आफन्तहरुबाट आइतबार दिउँसो सार्वजनिक भएको प्रेस नोटमा उनको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचार भइरहेको जनाइएको छ ।

प्रेस नोटमा भनिएको छ, ‘यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका साथी, शुभेच्छुक तथा आफन्तजन सबैप्रति हामी कृतज्ञ छौं । तपाईंहरूले व्यक्त गर्नुभएको सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौं ।’

संक्रमणपछि फोक्सोमा गम्भीर असर देखिएपछि अत्याधुनिक उपकरणको सहायतामा एक्मो (इसीएमओ) प्रविधिबाट मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । क्राउडफन्डिक मार्फत उनका लागि आर्थिक संकलन पनि भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ