arrow

भारतमा २१ लाखमा झरे कोरोनाका सक्रिय संक्रमित, २१ करोड २१ लाखले लगाए खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
corona-vaccine-india1.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । आइतबार २ लाख ३७ हजार ५६८ जनालाई निको भएको छ । शनिबार २ लाख ६४ हजार ३४२ जनालाई निको भएको थियो । 

शुक्रबार २ लाख ७३ हजार ८०६ जनालाई निको भएको थियो । बिहीबार २ लाख ६४ हजार १८२ जनालाई निको भएको थियो । १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ५६ लाख ८४ हजार ५२९ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

भारतमा संक्रमित पनि तीव्र गतिमा घटेका छन् । आइतबार १ लाख ५३ हजार ३४७ जना संक्रमित थपिएका छन् । शनिबार १ लाख ६५ हजार १४४ जना संक्रमित थपिएका थिए । शुक्रबार १ लाख ६५ हजार १८६ जना संक्रमित थपिएका थिए । 

भारतमा मे पहिलो साताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म २ करोड ८० लाख ४६ हजार ९५७ जना संक्रमित पुगेका छन् । 

आइतबार ३ हजार १२९ जनाको ज्यान गएको छ । शनिबार ३ हजार ४६३ जना संक्रमितको ज्यान गएको थियो । 
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो ।  योसँगै भारतमा अहिलेसम्म ३ लाख २९ हजार १२७ जनाको ज्यान गइसकेको छ । 

सक्रिय संक्रमित घटेर २० लाख २२ हजार १०३ मा पुगेका छन् । 

अहिलेसम्म भारतमा २१ करोड २० लाख ६६ हजार ६१४ जनाले कोरोनाको खोप लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ