arrow

नेतान्याहुको कुर्सी खतरामा, विपक्षी गठबन्धनकाे सरकार बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
lapid-netanyahu.jpg

काठमाडौं । इजरेलको इतिहासमै सबैभन्दा लामोसमय पदभार ग्रहण गरेका बेन्जामिन नेतान्याहुका कुर्सीमाथि खतरा सिर्जना भएको छ ।

इजरेलका राष्ट्रवादी कट्टरपन्थी एवं न्यु राइट पार्टीका नेता नाफ्ताली बेनेटले आफु गठबन्धन सरकारको हिस्सा बन्ने बताएका छन् ।

नेतान्याहुको विरोधमा गठबन्धन सरकार बनाउने समयसीमा बुधबार सकिदैछ । त्यसअघि नै विपक्षी नेताहरुले गठबन्धनको तयारी थालेका हुन् ।

७१ वर्षीय नेतान्याहुमाथि भ्रष्टाचार, अविश्वास एवं जालझेलको आरोप लागेको छ । यद्यपि उनले यसको विरोध गर्दै आएका छन् ।

यसैकारण पछिल्ला दुई बर्षमा इजरेलमा चार पटक चुनाव भएको छ । चारै चुनावले सरकार गठन गर्न सकेको छैन ।

गत मार्चमा भएको चुनावमा नेतान्याहुको पार्टीले सबैभन्दा बढी सिट ल्याएको थियो । यद्यपि सरकार बनाउन भने असफल भएको छ ।

सबैभन्दा शक्तिशाली विपक्षी नेता एवं यश अतिद पार्टीका नेता यायर लापिडलाई गठबन्धनको सरकार बनाउन बुधबार बेलुकासम्म समय छ ।

५७ वर्षीय लापिडले एक विविधतापूर्ण सरकार बनाउन चाहेका छन् । जसमा उनीसँग न्यु राइट पार्टीका नेता नाफ्ताली बेनेट र अरब इजरेलका अन्य सांसद पनि रहने छन् । लापिडको पार्टी यश अतिदले १७ सिट जितेको थियो ।

इजरेलको संसदमा कुल १२० सांसद रहेका छन् । सबैभन्दा बढी नेतान्याहुको पार्टीका ३० र दोस्रोमा लापिडको पार्टीका १७ हुन् ।

नेतान्याहु सरकार बनाउन असफल भएपछि लापिडलाई चार हप्ताको समय मिलेको थियो । यदि लापिड सरकार बनाउन सफल भए भने नेतान्याहुको १२ बर्षलामो कार्यकालको समाप्ती हुनेछ ।

यद्यपि नेतान्याहुले भने विपक्षी गुटबन्धनको सरकार नबनाउँन भन्दै चेतावनी दिएका छन् । वामपन्थी सरकार गठन नगर्नुहोस्, यस्तो सरकार इजरेलको सुरक्षा र भविष्यका लागि खतरा हो  नेतान्याहुले भनेका छन् ।

उनले अन्य पार्टीका नेता एवं सांसदहरुलाई गठबन्धनमा सहभागी नहुनसमेत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ