arrow

भारतमा उद्योग क्षेत्रहरू सामान्यतर्फ फर्किदै छ : भारतीय अर्थमन्त्री सिथारमन

logo
एजेन्सी
प्रकाशित २०७८ जेठ १७ सोमबार
indai-finance-minister.jpg
तस्बिर : भारतीय अर्थमन्त्री निर्मला सिथारमन

नयाँ दिल्ली। कोरोना भाइरस महामारीको बीचमा भारतमा उद्योग क्षेत्र सामान्यतर्फ फर्किने क्रममा रहेको भारतीय अर्थमन्त्री निर्मला सिथारमनले बताएकी छिन्।
अर्थमन्त्री सिथारमनले उद्योग क्षेत्र सामान्यतर्फ फर्किरहेको र सरकारले विभिन्न बजेट प्रस्तावहरू पनि तयार गरेको बताएकी छिन्।

कोरोना भाइरसको दोस्रो लहरमा चिकित्सा सामग्रीहरू उपलब्ध गर्ने काममा सरकार लागिपरेको उनले बत्ताइन्। कोरोना भाइरसको दोस्रो लहरले सबै क्षेत्रमा भयावह स्थिति सिर्जना गरेको र यस विरुद्ध सरकारले स्वास्थ्य सामग्री आयात र आपूर्ति गरिरहेको अर्थमन्त्री सिथारमनले बत्ताइन्।

भारतीय समाचारपत्रहरू फाइनान्सियल टाईम्स र द इन्डियन एक्प्रेसले आयोजना गरेको भर्चुअल सेमिनारमा अर्थमन्त्री सिथारमनले कोरोना महामारी घट्दै जाँदा सरकारले अनलकको प्रक्रिया खुकुलो बनाएको र उद्योग क्षेत्र सामान्यतर्फ जान लागेको इकोनमिक टाइम्सले लेखेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ