arrow

उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ: शरीरमा भाइरसले दीर्घकालिन क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
ujjwal-hospital.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । तर उनको स्वास्थ्य अवस्था जटिल नै छ ।

विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले सामाजिक संजालमार्फत जनाए अनुसार थापाको शरीरमा भाइरसले दीर्घकालिन क्षति गरिसकेको छ ।

उनको उपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । चिकित्सकहरुले जटिल अवस्थामा उपचारको हरसंभव प्रयास गरिरहेका छन् ।

संक्रमणपछि फोक्सोमा गम्भीर असर देखिएपछि अत्याधुनिक उपकरणको सहायतामा एक्मो (इसीएमओ)प्रविधिबाट मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको हो । चिकित्सकका अनुसार एकदमै जटिल अवस्थामा पुगेका बिरामीहरुलाई एक्मोको सहायताले उपचार गरिन्छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ